पोल्ट्री मञ्च नेपाल नेपालको पोल्ट्री तथा पशुपन्छी क्षेत्रमा सूचना, ज्ञान, प्रविधि र व्यवसायिक अवसरलाई एकै ठाउँमा जोड्ने डिजिटल मिडिया तथा सूचना प्लेटफर्म हो।
नेपालको पोल्ट्री उद्योगसँग प्रत्यक्ष रूपमा जोडिएका किसान, व्यवसायी, भेटेरिनरी चिकित्सक, प्राविधिक, ह्याचरी तथा फिड उद्योग, औषधि व्यवसायी, उपकरण आपूर्तिकर्ता र सम्बन्धित सरोकारवालालाई आवश्यक समसामयिक समाचार, बजार मूल्य, प्राविधिक जानकारी, रोग नियन्त्रण, व्यवस्थापन, नीति–नियम तथा उद्योगसम्बन्धी अपडेट उपलब्ध गराउने हाम्रो मुख्य उद्देश्य हो।
पोल्ट्री क्षेत्रमा देखिएका समस्या, चुनौती र सम्भावनालाई उजागर गर्दै किसान तथा व्यवसायीको आवाज सम्बन्धित निकायसम्म पुर्याउने र उद्योगका सकारात्मक गतिविधि तथा उपलब्धिहरूलाई व्यापक रूपमा प्रस्तुत गर्ने काममा पनि हामी सक्रिय छौँ।
हाम्रो उद्देश्य
* पोल्ट्री तथा पशुपन्छी क्षेत्रका विश्वसनीय समाचार र सूचना सम्प्रेषण गर्ने।
* किसानलाई व्यावहारिक तथा प्राविधिक ज्ञान उपलब्ध गराउने।
* दैनिक बजार अवस्था तथा मूल्यसम्बन्धी जानकारी प्रदान गर्ने।
* रोग, जैविक सुरक्षा, पोषण, व्यवस्थापन तथा उत्पादनसम्बन्धी जानकारी फैलाउने।
* किसान, व्यवसायी, प्राविधिक र उद्योगबीच सहकार्य तथा संवादको वातावरण निर्माण गर्ने।
* पोल्ट्री उद्योगका समस्या तथा सम्भावनालाई राष्ट्रिय स्तरमा उठाउने।
* डिजिटल माध्यमबाट पोल्ट्री क्षेत्रको ज्ञान र सूचना देशभर पुर्याउने।
हाम्रो प्लेटफर्म
समाचार | बजार अपडेट | पोल्ट्री रेट | प्राविधिक जानकारी | किसानका कथा | अन्तर्वार्ता | पोडकास्ट | भिडियो | तालिम तथा कार्यक्रम
पोल्ट्री क्षेत्रका विज्ञ, व्यवसायी, किसान तथा सरोकारवालासँग प्रत्यक्ष संवाद गर्दै Poultry Manch Podcast मार्फत उद्योगका महत्वपूर्ण विषयमा छलफल र ज्ञान आदानप्रदान गर्ने हाम्रो प्रयास निरन्तर जारी छ।
हाम्रो प्रतिबद्धता
“किसानदेखि उद्योगसम्म, सूचना र ज्ञानको विश्वसनीय माध्यम।”
पोल्ट्री क्षेत्रको दिगो विकास, व्यवसायिक सफलता र किसानको समृद्धिका लागि सही सूचना, सही समयमा सही व्यक्तिसम्म पुर्याउने हाम्रो प्रतिबद्धता हो।