नेपाल पशुपन्छी औषधि व्यवसायी संघको केन्द्रीय महासचिवमा केशव शर्मा मरासिनीको उम्मेदवारी घोषणा

poultrymanchnepal.com

काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यवसायी संघको केन्द्रीय महासचिव पदमा केशव शर्मा मरासिनीले उम्मेदवारी घोषणा गर्नुभएको छ। संघको नेतृत्वमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएका मरासिनी व्यवसायीहरूबीच समन्वयकारी भूमिका निर्वाह गर्न सक्ने नेतृत्वका रूपमा परिचित हुनुहुन्छ।

उहाँले २०७० सालमा संघको बागमती जिल्ला शाखाबाट नेतृत्व यात्रा सुरु गर्नुभएको थियो। संघमा लामो समय विभिन्न जिम्मेवारीमा रहेर काम गर्नुभएका उहाँले हासिल गरेको अनुभव, ज्ञान र संस्थागत कार्यकुशलतालाई आगामी दिनमा केन्द्रीय तहमा उपयोग गर्ने उद्देश्यसहित महासचिव पदमा उम्मेदवारी दिनुभएको हो।

उम्मेदवारी घोषणा गर्नुअघि उहाँले शाखाका सम्पूर्ण व्यवसायी, अग्रज व्यवसायी तथा संघका अग्रज नेतृत्वहरूसँग राय–सल्लाह र सुझाव लिनुभएको जानकारी गराउनुभएको छ।

महासचिवको जिम्मेवारी प्राप्त भएमा संघभित्र रचनात्मक सहकार्य, सामूहिक एकता र आपसी समन्वयलाई थप मजबुत बनाउँदै संस्थाको गरिमा र प्रतिष्ठालाई अझ उचाइमा पुर्‍याउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

त्यसैगरी, देशभरका विभिन्न भूगोलमा रहेर फरक–फरक प्रकृतिका व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीलाई समान दृष्टिकोणबाट समेट्दै सबैको साझा भावना र हितलाई प्रतिनिधित्व गर्ने गरी नेतृत्वदायी भूमिका निर्वाह गर्ने उहाँको भनाइ छ।

संस्थामा लामो समय काम गर्दा प्राप्त गरेको अनुभवलाई व्यवसायीको हकहित संरक्षण, संस्थागत विकास र संघलाई थप प्रभावकारी बनाउने अभियानमा समर्पित गर्ने मरासिनीले प्रतिबद्धता व्यक्त गर्नुभएको छ।


प्रतिक्रिया