संक्रामक पशुरोग नियन्त्रण विधेयक सर्वसम्मतिले पारित

poultrymanchnepal.com

काठमाडौँ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले ‘संक्रामक पशुरोग नियन्त्रणसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०८३’ संशोधनसहित सर्वसम्मतिले पारित गरेको छ।

विधेयकले पशुपन्छीमा देखिने संक्रामक रोगको पहिचान, रोकथाम, नियन्त्रण, निवारण तथा उन्मूलनसँगै पशु स्वास्थ्य, जनस्वास्थ्य र पशु उत्पादन सुरक्षालाई कानुनी दायरामा ल्याउने व्यवस्था गरेको छ।

समितिको छलफलमा रोगबाट प्रभावित किसानलाई राहत, क्षतिपूर्ति र पुनःस्थापनाको व्यवस्था स्पष्ट गर्नुपर्नेमा जोड दिइएको थियो। मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले प्रभावित किसानका लागि छुट्टै कोषको व्यवस्था गर्न सुझाव दिएका छन्।

समितिले सांसद तथा सरोकारवालाबाट प्राप्त सुझाव समेटेर प्रतिवेदन परिमार्जन गरी विधेयक पारित गरेको हो। अब विधेयक राष्ट्रिय सभाको प्रक्रियाअनुसार अघि बढ्नेछ।


प्रतिक्रिया