पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनबारे व्यवसायीसँग वृहत छलफल

poultrymanchnepal.com

काठमाडौं । पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका सम्बन्धमा काठमाडौं उपत्यकाका सम्पूर्ण मासु व्यवसायीका संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिसँग वृहत छलफल भएको छ।

२०८३ भदौ १५ गते आयोजित छलफलमा राँगा, कुखुरा, खसी/बाख्रा तथा बुँगुरको मासु व्यवसायीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा पशु सेवा विभागका महानिर्देशक उमेश दाहाल तथा प्रमुख अतिथि रामनन्दन तिवारीको उपस्थिति रहेको थियो।

छलफलका क्रममा विज्ञहरूले मासु जाँच तथा नियमनको हिसाबले नेपाल युरोपियन देशहरूको तुलनामा करिब ४०२५ वर्ष पछाडि परिसकेको उल्लेख गर्दै मानव स्वास्थ्य सुरक्षाका लागि ऐन कार्यान्वयनमा अब ढिलाइ गर्न नहुने बताएका थिए।

उपभोक्तालाई स्वस्थ तथा सुरक्षित मासु उपलब्ध गराउने सरकारको प्रतिबद्धतासहित आएको निर्णयलाई अधिकांश सहभागीले स्वागत तथा समर्थन गरेका थिए।

ऐन कार्यान्वयनका क्रममा देखिएका व्यावहारिक समस्या समाधान गर्दै चरणबद्ध रूपमा आवश्यक तयारीसहित कडाइका साथ ऐन कार्यान्वयन गर्न व्यवसायीहरूले सरकारलाई अनुरोध गरेका छन्।

व्यवसायीहरूले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै मासु जाँच प्रणालीलाई प्रभावकारी बनाउन सरकारसँग सहकार्य गर्न आफूहरू तयार रहेको बताएका छन्।


प्रतिक्रिया