काठमाडौं । रसुवा, नुवाकोटलगायतका जिल्लामा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहतका लागि नेपालको पोल्ट्री क्षेत्रले उल्लेखनीय आर्थिक सहयोग गरेको छ। पशुपन्छीको दाना, चल्ला, मासु तथा अण्डा उत्पादन र बजारीकरणमा संलग्न विभिन्न कम्पनी तथा संस्थाहरूले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग रकम जम्मा गरेका हुन्।
हालसम्म प्राप्त विवरणअनुसार पोल्ट्री क्षेत्रबाट रु. ३,२७,२२,८७७ (तीन करोड सत्ताइस लाख बाइस हजार आठ सय सतहत्तर ) सहयोग जम्मा भएको छ। सहयोग गर्ने क्रम अझै जारी रहेको बताइएको छ।
रुङ्गटा ग्रुपअन्तर्गतका ओम चाओ विरो फिड इन्डष्ट्रिज, ओम चाओ विरो पेलेट फीड इन्डष्ट्रिज, पोषक ब्रीर्डर्सलगायतका कम्पनीहरूले संयुक्त रूपमा रु. २ करोड १ लाख सहयोग गरेका छन्। त्यस्तै, भ्याली ग्रुपअन्तर्गतका भ्याली पेलेट फीड, भ्याली कोल्ड स्टोर, भ्याली एग्रो फीडलगायतबाट रु. ३४ लाख ४४ हजार ४४४ सहयोग गरिएको छ।
यसैगरी बुस्टर फीड इन्डष्ट्रिजले रु. १५ लाख १० हजार ५५५, नेपाल वेल होप एग्री टेक प्रा.लि.ले रु. १५ लाख, सिद्धार्थ पेलेट फीडले रु. ११ लाख ५५ हजार ५५५ र एसियन फीड प्रा.लि.ले रु. ११ लाख ११ हजार १११ सहयोग गरेका छन्।
नेपाल लेयर्स कुखुरापालक संघले रु. १० लाख, सविता ग्रुप होल्डिङले रु. ५ लाख, दाउन्ने एग्रो फार्म लिमिटेड रु ५,००,०००,बि एण्ड बि ग्रुप (के नेट प्रा.लि.)ले रु. ४ लाख ४४ हजार ४४४, कैलाशपति एग्रो इन्डष्ट्रिजले रु. ३ लाख ५२ हजार ७६९, आशीर्वाद एग्रो फीड इन्डष्ट्रिजले रु. २ लाख ५५ हजार ५५५ र रोयल फीड इन्डष्ट्रिजले रु. २ लाख ५२ हजार सहयोग गरेका छन्।
त्यस्तै, पी.भी.टी. वेस्ट इन्डष्ट्रिजले रु. १ लाख ५१ हजार १११, पूर्वाञ्चल एग्री टेक इन्डष्ट्रिजले रु. १ लाख ११ हजार १११, लुम्बिनी एग्रो इन्डष्ट्रिजले रु. १ लाख ११ हजार १११, नेपाली बूचर प्रा लि रू १,११,१११ र सुनगाभा फीड प्रा.लि.ले रु. १ लाख १ हजार सहयोग गरेका छन्।
राष्ट्रिय विपद्को यस कठिन घडीमा निजी क्षेत्रको महत्वपूर्ण हिस्सा रहेको पोल्ट्री व्यवसायले पीडित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सामाजिक उत्तरदायित्व निर्वाह गरेको छ। बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले गरिएको यस योगदानका लागि पोल्ट्री मञ्च नेपालले सहयोग गर्ने सम्पूर्ण कम्पनी, संस्था तथा व्यवसायीहरूप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ।
पोल्ट्री क्षेत्रको यो योगदानले विपद्का बेला उद्योग–व्यवसाय केवल आर्थिक गतिविधिमा मात्र सीमित नभई समाज र राष्ट्रप्रतिको जिम्मेवारीमा पनि अग्रसर हुनुपर्छ भन्ने सकारात्मक सन्देश दिएको छ।