काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनाका लागि थ्री स्टार फुड्स प्रा.लि. (Three Star Foods Pvt. Ltd.) ले रु. ३ लाख ३ हजार आर्थिक सहयोग गरेको छ।
कम्पनीले विपद्बाट प्रभावित नागरिकलाई राहत पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३,०३,००० (तीन लाख तीन हजार रुपैयाँ) सहयोग प्रदान गरेको जनाएको छ।
बाढी तथा प्राकृतिक विपत्तिका कारण प्रभावित परिवारको पीडामा साथ दिन सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरिएको कम्पनीले जनाएको छ।
कम्पनीले विपद् कुनै एक व्यक्ति वा परिवारको मात्र नभई सबैको साझा चुनौती भएकाले आफ्नो क्षमताअनुसार सहयोग गर्न सबैलाई आग्रहसमेत गरेको छ।
१७ भदौ २०८३, बुधबार ०९:०३ मा प्रकाशित