नेपाल ह्याचरी उद्योग संघ बाग्मती प्रदेश समन्वय समितिको आयोजनामा यहि २०८३ साउन १५ गते चितवनमा पोल्ट्री व्यवसायमा बातावरणीय मूल्यांकन, व्यवस्थापन तथा अनुपालन सम्बन्धी अभिमूखी कार्यक्रम सम्पन्न भएको छ । बाग्मती प्रदेश समन्वय समितिका संयोजक श्री ज्ञानवहादुर बिसुरालज्यूको सभापतित्व र संघका केन्द्रीय अध्यक्ष श्री राजेन्द्र लामिछानेज्यूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमका प्रशिक्षक बातावरण बिज्ञ श्री युवराज ढकालज्यू रहनु भएको थियो । कार्यक्रमका सभापती नेपाल ह्याचरी उद्योग संघ बाग्मती प्रदेश समन्वय समितिका संयोजक श्री ज्ञानवहादुर बिसुरालज्यूले स्वागत गर्दै कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्नु भएको थियो । प्रशिक्षक श्री युवराज ढकालज्यूले बातावरण संरक्षण ऐन २०७६ तथा नियमावली २०७७, व्यवसायिक पंक्षी फार्म तथा ह्याचरी संचालन निर्देशिका २०७१ ले व्यवस्था गरेको कानुनी अवस्थाहरु, उद्योग व्यवसाय सग सम्बन्धीत ऐन, निति, नियम निर्देशिका, विधयक, प्रारम्भीक बातावरण परिक्षण प्रतिवेदनका लागि अपनाउनु पर्ने विधिहरु, आवश्यक कागजातहरु, फोहर व्यवस्थापन, स्वच्छ उत्पादन, फार्मको स्वअनुगमन लगायतका बिबिध विषयहरुका बारेमा बिस्तृत रुपमा प्रशिक्षण दिनु भएको थियो । उक्त कार्यक्रमकको अन्तमा सभाका प्रमुख अतिथि एंव नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष श्री राजेन्द्र लामिछानेज्यूले संघवाट भएका पहलहरु, व्यवसायिक पंक्षी फार्म तथा ह्याचरी संचालन निर्देशिका २०७१ ले गरेको प्रावधान कर्यान्वयनका लागि विभाग वाट आएका निर्देशनहरु, उक्त निर्देशिकामा सुधार गर्ने बारेमा भएका पहलहरु, व्यवसाय संचालनका लागि प्रारम्भीक बातावरण परिक्षण प्रतिवेदनको भूमिका , संघले सदस्य व्यवसायीहरुलाई आइपर्ने समस्या समधानका लागि गरेको समन्वय लगायतका बारेमा प्रकाश पार्नु भएको थियो । करिब ३० जना ह्याचरी व्यवसायीहरु सहभागी हुनु भएको कार्यक्रमको संचालन श्री शिवप्रसाद बरालले गर्नु भएको थियो । बातावरण संरक्षण ऐन २०७६ तथा नियमावली २०७७, व्यवसायिक पंक्षी फार्म तथा ह्याचरी संचालन निर्देशिका २०७१ ले व्यवस्था अनुसार ह्याचरी, प्यारेण्ट फार्म तथा ग्राण्ड प्यारेण्ट फार्मले अनिबार्य रुपमा प्रारम्भीक बातावरण परिक्षण प्रतिवेदन तयार गरी प्रमाण पत्र लिनु पर्ने कानुनी अवस्था रहेको छ ।