भोटेकोशी बाढीपीडितका लागि भ्याली ग्रुपको ३४ लाख ४४ हजार सहयोग

poultrymanchnepal.com

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले भ्याली ग्रुपले ३४ लाख ४४ हजार ४४४ रुपैयाँ आर्थिक सहयोग गरेको छ।

समूहले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको जनाएको छ। भ्याली ग्रुपअन्तर्गतका **भ्याली कोल्ड स्टोर, भ्याली पेलेट फिड, भ्याली एग्रो फिड तथा भीएफसी रेस्टुरेन्ट प्रालि (भ्याली एक्सप्रेस)**ले संयुक्त रूपमा रकम संकलन गरी अनलाइनमार्फत कोषमा पठाएका हुन्।

भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा तथा नदी प्रणालीसँग जोडिएका विभिन्न क्षेत्रमा जनधन र भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको छ। बाढीका कारण स्थानीयवासीको दैनिक जनजीवनसमेत प्रभावित बनेको अवस्थामा प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले रकम प्रदान गरिएको भ्याली ग्रुपले जनाएको छ।

भ्याली ग्रुपले विपद्को समयमा निजी क्षेत्रको सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको बताएको छ। समूहका अनुसार प्रभावित नागरिकलाई आवश्यक राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम उपलब्ध गराइएको हो।

चार दशकभन्दा लामो व्यावसायिक इतिहास बोकेको भ्याली ग्रुप कृषि, पोल्ट्री तथा खाद्य क्षेत्रमा सक्रिय व्यावसायिक समूहका रूपमा रहेको छ। समूहअन्तर्गत भ्याली कोल्ड स्टोर, भ्याली पेलेट फिड, भ्याली एग्रो फिड, भ्याली पोल्ट्री, मर्स्याङ्दी पोल्ट्री, त्रिशूली पोल्ट्री एन्ड रिसर्च फार्म तथा भ्याली एक्सप्रेसलगायत व्यवसाय सञ्चालनमा छन्।

समूहले पोल्ट्री फिड उत्पादन, ब्रिडर तथा ह्याचरी, व्यावसायिक पोल्ट्री उत्पादन, चिकेन प्रशोधन तथा बिक्री र रेस्टुरेन्ट व्यवसायमा समेत काम गर्दै आएको छ।




प्रतिक्रिया