भोटेकोशी बाढीपीडितका लागि मेडभेट फर्माको १ लाख ११ हजार सहयोग

poultrymanchnepal.com

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि मेडभेट फर्मा प्रा.लि. ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ लाख ११ हजार १ सय ११ सहयोग गरेको छ।

कम्पनीका अनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरिएको हो।

औषधि तथा पशु स्वास्थ्य क्षेत्रमा क्रियाशील मेडभेट फर्माले बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त आर्थिक सहयोग गरेको जनाएको छ।

भोटेकोशी बाढीका कारण प्रभावित नागरिकलाई राहत, उद्धार तथा पुनःस्थापनाका लागि सहयोग आवश्यक भइरहेका बेला निजी क्षेत्र तथा विभिन्न संघसंस्थाबाट सहयोग जुट्ने क्रम जारी छ। सोही क्रममा मेडभेट फर्माले पनि राहत कोषमा आर्थिक सहयोग गरेको हो।

कम्पनीले आफ्नो सहयोगबाट बाढी प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा केही योगदान पुग्ने अपेक्षा गरेको जनाएको छ।



प्रतिक्रिया