बाढीपीडितको राहतका लागि KVD Group ले दियो २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग

poultrymanchnepal.com

काठमाडौं । हालै रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा देशका विभिन्न क्षेत्रमा भएका प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि KVD Group ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २७ लाख ७७ हजार ७७७ सहयोग गरेको छ।

सुना सुवेदी अध्यक्ष रहेको KVD Group को तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। नेपाल सरकारले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, खोज तथा राहत कार्यलाई तीव्रता दिइरहेको जनाएको छ। 

विपद्को कठिन घडीमा प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले सहयोग रकम प्रदान गरिएको KVD Group ले जनाएको छ। समूहले प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारप्रति सहानुभूति समेत प्रकट गरेको छ।

निजी क्षेत्रको सामाजिक उत्तरदायित्व तथा मानवीय भावनालाई आत्मसात् गर्दै सहयोग गरिएको बताउँदै KVD Group ले उक्त रकम विपद् प्रभावित नागरिकको हितमा प्रभावकारी रूपमा सदुपयोग हुने विश्वास व्यक्त गरेको छ।

समूहले सरकार तथा सम्बन्धित निकायबाट भइरहेको उद्धार, राहत तथा पुनःस्थापनाका कार्यप्रति ऐक्यबद्धता जनाउँदै विपद्को समयमा प्रभावित नागरिकको साथमा उभिन सबै पक्षलाई आग्रह गरेको छ।


प्रतिक्रिया