काठमाडौं । औषधि व्यवस्था विभागले दर्ता नभएका औषधि पसल तथा फार्मेसीहरूमा औषधि बिक्री वितरण नगर्न थोक विक्रेताहरूलाई कडा निर्देशन दिएको छ।
विभागका अनुसार ‘औषधि बिक्री वितरण संहिता, २०८०’ अनुसार विभागमा दर्ता भएका बिक्री केन्द्र तथा फार्मेसीमा मात्र औषधि बिक्री गर्न पाइने व्यवस्था छ।
अनुगमनका क्रममा केही विक्रेताले दर्ताविहीन पसलमा समेत औषधि बिक्री गरेको पाइएपछि विभागले यस्तो कार्य तुरुन्त रोक्न चेतावनी दिएको हो।
साथै औषधि बिक्री गर्दा अनिवार्य रूपमा बिल बिजक जारी गर्नुपर्ने र खरिदकर्ताको स्पष्ट विवरण राख्नुपर्ने निर्देशन समेत दिइएको छ।
निर्देशन उल्लंघन गरे औषधि ऐन, २०३५ अनुसार कडा कारबाही गरिने विभागले जनाएको छ।w
६ जेठ २०८३, बुधबार १२:५६ मा प्रकाशित