रुङ्गटा ग्रुपद्वारा बाढीपीडितको राहतका लागि २ करोड १ लाख सहयोग

poultrymanchnepal.com

काठमाडौं । रुङ्गटा ग्रुपले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि २ करोड १ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

ग्रुपअन्तर्गतका पाँचवटा कम्पनीमार्फत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्न लागिएको हो ।

रुङ्गटा ग्रुपका अनुसार ओसीबी फुड्स एण्ड फिड्स प्रालिले ७५ लाख, ओम चाबो बिरो फिड प्रालिले ५० लाख, ओम चाबो बिरो पेलेट फिड प्रालिले २५ लाख, ओम एग्रो प्रोडक्ट्स प्रालिले २५ लाख र पोषक ब्रीडर फार्म प्रालिले २६ लाख रुपैयाँ सहयोग गर्नेछन् ।

यसरी पाँचवटा कम्पनीबाट कुल २ करोड १ लाख रुपैयाँ सहयोग हुने ग्रुपले जनाएको छ ।

विपद्को कठिन समयमा बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवार तथा समुदायलाई राहत, उद्धार र पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गर्न लागिएको रुङ्गटा ग्रुपले जनाएको छ ।


प्रतिक्रिया