काठमाडौं । रसुवाको भोटेकोशी–त्रिशूली नदीमा २०८३ भदौ १० गते आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपाल दाना उद्योग संघमा आबद्ध सदस्य उद्योग तथा संस्थाहरूले कुल ३ करोड १७ लाख ८४ हजार ७०१ रुपैयाँ सहयोग गरेका छन्।
नेपाल दाना उद्योग संघका अनुसार संघका सदस्य उद्योगहरूले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेका हुन्। सदस्य उद्योगहरूले व्यक्तिगत तथा संस्थागत रूपमा गरेको सहयोग रकमको विवरण संघले संकलन गरी अर्थ मन्त्रालयलाई जानकारी गराएको हो।
संघका अध्यक्ष उमेश चन्द्र सापकोटाले अर्थ मन्त्रालयलाई पठाएको पत्रमार्फत सदस्य उद्योगहरूबाट प्राप्त सहयोग रकमको विवरण जानकारी गराएका छन्।
संघबाट प्राप्त विवरणअनुसार ओ.सी.बी फुड्स एण्ड फिड्स प्रा.लि. ले ७५ लाख रुपैयाँ, ओम चाओ विरो फिड इन्डस्ट्रिज प्रा.लि. ले ५० लाख रुपैयाँ, ओम चाओ विरो पेलेट फिड इन्डस्ट्रिज प्रा.लि. ले २५ लाख रुपैयाँ र पोषक बिडर्स फार्म ले २६ लाख रुपैयाँ सहयोग गरेका छन्।
त्यस्तै बुस्टर फिड इन्डस्ट्रिज प्रा.लि. ले १५ लाख १० हजार ५५५ रुपैयाँ, नेपाल वेलहोप एग्रीटेक प्रा.लि. ले १५ लाख रुपैयाँ, ग्लोबल एग्रो ग्रुप ले १२ लाख २२ हजार २२१ रुपैयाँ र न्युहाप एग्रीटेक प्रा.लि. ले १२ लाख रुपैयाँ सहयोग गरेका छन्।
सिद्धार्थ पेलेट फिड प्रा.लि. ले ११ लाख ५५ हजार ५५५ रुपैयाँ तथा भ्याली पेलेट फिड प्रा.लि., भ्याली एग्रो फिड प्रा.लि., अन्नपूर्ण एग्रो इन्डस्ट्रिज प्रा.लि. र एसियन फिड्स प्रा.लि. ले समान ११ लाख ११ हजार १११ रुपैयाँका दरले सहयोग गरेका छन्।
यसैगरी एपोलो फिड्स प्रा.लि. ले ५ लाख ५५ हजार ५५५ रुपैयाँ, नेपाल पेलेट फिड प्रा.लि. ले ५ लाख ५ हजार ५५५ रुपैयाँ र बि एण्ड बि ग्रुप (के.नेट फिड इन्डस्ट्रिज प्रा.लि.) ले ४ लाख ४४ हजार ४४४ रुपैयाँ योगदान गरेका छन्।
त्यस्तै आशिर्वाद फिड प्रा.लि. ले २ लाख ५५ हजार ५५५ रुपैयाँ, सागर फिड्स् प्रा.लि. ले २ लाख ५१ हजार १११ रुपैयाँ, रोयल फिड इन्डस्ट्रिज प्रा.लि. ले २ लाख ५१ हजार रुपैयाँ र पि.वि.टि. बेस्ट प्रा.लि. ले १ लाख ५१ हजार १५१ रुपैयाँ सहयोग गरेका छन्।
शिवशक्ति फिड प्रा.लि., पूर्वाञ्चल एग्रीटेक प्रा.लि. र लुम्बिनी एग्रो इन्डस्ट्रिज प्रा.लि. ले १ लाख ११ हजार १११ रुपैयाँका दरले सहयोग गरेका छन्।
त्यसैगरी हरिसिद्धी दाना उद्योग प्रा.लि. र आर्यन फिड फिड इन्डस्ट्रिज प्रा.लि. ले १ लाख १ हजार १११ रुपैयाँका दरले तथा सुनगाभा फिड इन्डस्ट्रिज प्रा.लि. र स्टार फिड इन्डस्ट्रिज प्रा.लि. ले १ लाख १ हजार रुपैयाँका दरले सहयोग गरेका छन्।
नेपाल दाना उद्योग संघले विपद्को समयमा आफ्ना सदस्य उद्योगहरूले गरेको आर्थिक सहयोगले बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापना कार्यमा योगदान पुग्ने जनाएको छ। दाना उद्योग तथा व्यवसायी क्षेत्रबाट गरिएको यो सहयोगलाई विपद्को समयमा निजी क्षेत्रको सामाजिक उत्तरदायित्वअन्तर्गतको महत्वपूर्ण योगदानका रूपमा हेरिएको छ।
संघको पत्र प.सं. २०८३/०८४, च.नं. ०१५, मिति २०८३/०५/१७ मा जारी भएको हो। पत्रमा संघका अध्यक्ष उमेश चन्द्र सापकोटाले हस्ताक्षर गरेका छन्।
सदस्य उद्योग तथा संस्थाहरूबाट प्राप्त कुल सहयोग रकम : रु. ३,१७,८४,७०१ (तीन करोड सत्र लाख चौरासी हजार सात सय एक रुपैयाँ)।