विपद् प्रभावितको राहतका लागि नेपाल पेलेट फिडको ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

poultrymanchnepal.com

काठमाडौं । प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले नेपाल पेलेट फिड इण्डस्ट्रिज प्रा. लि. ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ।

नुवाकोटको विदुर नगरपालिका–५, पिपलटारस्थित कम्पनीले विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकलाई सहयोग पुर्‍याउन सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरेको जनाएको छ।

कम्पनीले व्यवसायसँगै समाज र राष्ट्रप्रतिको जिम्मेवारीलाई पनि प्राथमिकतामा राख्दै विपद्को समयमा प्रभावित नागरिकको साथमा उभिएको बताएको छ।

प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेका बेला निजी क्षेत्रबाट भएको यो सहयोगले मानवीय सहकार्य र सामाजिक उत्तरदायित्वको सकारात्मक सन्देश दिएको छ।


प्रतिक्रिया