रसुवा–भोटेकोशी बाढीपीडितका लागि प्रगति पेलेट दानाको रु. १ लाख ५१ हजार १५१ सहयोग

poultrymanchnepal.com

काठमाडौं । रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनाका लागि पी.बी.टी. वेस्ट इन्डस्ट्रिज प्रा.लि. (प्रगति पेलेट दाना) ले रु. १ लाख ५१ हजार १५१ सहयोग गरेको छ।

बाँकेको कोहलपुर–९, पिपरीमा रहेको कम्पनीले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको दुःखमा साथ दिँदै प्रधानमन्त्री विपद् राहत कोषमा उक्त रकम सहयोग गरेको हो।

कम्पनीले बाढी तथा पहिरोबाट प्रभावित परिवारको उद्धार, राहत र पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको जनाएको छ। विपद्को समयमा आफ्नो सानो सहयोगले समेत प्रभावित परिवारको जीवनमा ठूलो आशा र राहत ल्याउन सक्ने भन्दै कम्पनीले सबैलाई आ–आफ्नो क्षमताअनुसार सहयोग गर्न आह्वान गरेको छ।

कम्पनीले आफ्नो सन्देशमा भनेको छ, “प्राकृतिक विपत्तिमा हाम्रो साथ, पीडितका लागि ठूलो आश। रसुवा–भोटेकोशीमा आएको बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको दुःखमा हामी पनि साथमा छौँ। यस कठिन परिस्थितिमा प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री विपद् राहत कोषमा रु. १५१,१५१ सहयोग प्रदान गरेका छौँ।”

कम्पनीले विपद्को समयमा पीडित नागरिकको साथमा हातेमालो गर्दै राहत तथा पुनःस्थापनाको अभियानमा सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिएको छ।

पी.बी.टी. वेस्ट इन्डस्ट्रिज प्रा.लि. बाँकेको कोहलपुर–९, पिपरीमा अवस्थित छ। कम्पनीले “साथ सधैँ प्रगति तपाइँको” भन्ने नारासहित प्रगति पेलेट दाना उत्पादन तथा प्रवर्द्धन गर्दै आएको छ।

सहयोग विवरण

कम्पनी: P.B.T. West Industries Pvt. Ltd.
ब्रान्ड: प्रगति पेलेट दाना
ठेगाना: कोहलपुर–९, पिपरी, बाँके, नेपाल
सहयोग रकम: रु. १,५१,१५१/-
अक्षरमा: एक लाख एकाउन्न हजार एक सय एकाउन्न रुपैयाँ मात्र
लाभग्राही: प्रधानमन्त्री विपद् राहत कोष
उद्देश्य: रसुवा–भोटेकोशी बाढी तथा पहिरो प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापना

कम्पनीले विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःनिर्माणमा सबैले आफ्नो क्षमता र सामर्थ्यअनुसार योगदान गर्नुपर्ने सन्देशसमेत दिएको छ।


प्रतिक्रिया