नेपाल पशु चिकित्सा परिषद्को अध्यक्षमा डा. हेमराज अवस्थीलाई थप जिम्मेवारी
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राष्ट्रिय पशु आहार तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशालाका प्रमुख डा. हेमराज अवस्थीलाई नेपाल पशु चिकित्सा परिषद्को अध्यक्षको समेत कार्यभार सम्हाल्ने गरी थप जिम्मेवारी दिएको छ।
मन्त्रालयको मन्त्रीस्तरीय मिति २०८३ जेठ ७ गतेको निर्णयअनुसार अर्को व्यवस्था नभएसम्मका लागि डा. अवस्थीलाई परिषद्को अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो। कर्मचारी प्रशासन शाखाद्वारा जारी पत्रमार्फत उक्त जानकारी सार्वजनिक गरिएको छ।
हाल ललितपुरको हरिहरभवनस्थित राष्ट्रिय पशु आहार तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशालामा प्रमुखका रूपमा कार्यरत डा. अवस्थीले अब आफ्नो नियमित जिम्मेवारीसँगै नेपाल पशु चिकित्सा परिषद्को नेतृत्वसमेत सम्हाल्नेछन्।
पशु स्वास्थ्य, गुणस्तर व्यवस्थापन तथा पशु चिकित्सकहरूको पेशागत नियमनमा परिषद्को महत्वपूर्ण भूमिका रहने भएकाले डा. अवस्थीको नयाँ जिम्मेवारीलाई पशुपन्छी क्षेत्रका लागि महत्वपूर्ण रूपमा हेरिएको छ।