नेपाल एग ट्रेडिङको तुलसीपुरमा शाखा विस्तार, अण्डा बजार व्यवस्थापनमा सहज हुने अपेक्षा

poultrymanchnepal.com

काठमाडौं !नेपाल एग ट्रेडिङ प्रा.लि.ले दाङको तुलसीपुरमा आफ्नो शाखा कार्यालय स्थापना गरेको छ। स्थानीय अण्डा व्यवसायलाई थप व्यवस्थित बनाउने, अण्डाको बजार विस्तार गर्ने तथा व्यवसायीहरूलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले शाखा कार्यालय सञ्चालनमा ल्याइएको हो।

नेपाल लेयर्स कुखुरापालक संघ दाङ शाखाका अध्यक्ष ईश्वरप्रकाश श्रेष्ठको सभापतित्वमा आयोजित शाखा उद्घाटन कार्यक्रममा नेपाल एग ट्रेडिङ प्रा.लि.का अध्यक्ष राजेन्द्र लामिछाने प्रमुख अतिथि तथा नेपाल लेयर्स कुखुरापालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेल विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रममा नेपाल लेयर्स कुखुरापालक संघका उपाध्यक्ष अमोद खनाल, सचिव मदन चिरञ्जीवी पोखरेल, कोषाध्यक्ष प्रकाश चापागाईं, संघका सदस्यहरू, नेपाल एग ट्रेडिङ प्रा.लि.का सञ्चालकहरू तथा दाङ जिल्लाका अण्डा उत्पादक एवं व्यवसायीहरूको सहभागिता रहेको थियो।

तुलसीपुरमा शाखा कार्यालय स्थापना भएसँगै दाङ तथा आसपासका क्षेत्रका अण्डा उत्पादक र व्यवसायीलाई बजार व्यवस्थापन, अण्डाको बजारीकरण तथा व्यावसायिक कारोबारमा थप सहजता पुग्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया