काठमाडौं । रसुवामा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले बूस्टर फीड इण्डष्ट्रिजले प्रधानमन्त्री राहत कोषमा रु. १५ लाख १० हजार ५ सय ५५ सहयोग गरेको छ।
विपद्का कारण प्रभावित परिवारको राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुग्ने अपेक्षासहित उद्योगले उक्त रकम हस्तान्तरण गरेको हो।
बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूलाई तत्काल राहत उपलब्ध गराउनुका साथै आगामी पुनर्निर्माणमा समेत सहयोग आवश्यक रहेको भन्दै बूस्टर फीडले विपद्को यस कठिन परिस्थितिमा सबै क्षेत्र एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएको छ।
उद्योगले सामाजिक उत्तरदायित्वअन्तर्गत पीडितहरूको दुःखमा साथ दिन सहयोग गरिएको जनाएको छ। साथै, विपद्को समयमा सहयोग र सहकार्यलाई निरन्तरता दिन सबैलाई आग्रह गरेको छ।
१५ भदौ २०८३, सोमबार ०७:४९ मा प्रकाशित