सुनगाभा फिडद्वारा बाढीपीडितका लागि रु. १ लाख १ हजार सहयोग

poultrymanchnepal.com

काठमाडौं । रसुवा र भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सुनगाभा फिड प्रा. लि., इटहरी–१३, सुनसरीले प्रधानमन्त्री विपद् राहत कोषमा रु. १ लाख १ हजार आर्थिक सहयोग गरेको छ।

बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत तथा पुनःस्थापनाका कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले कम्पनीले उक्त रकम सहयोग गरेको हो।

विपद्को कठिन परिस्थितिमा पीडित परिवारको साथमा उभिँदै राहत तथा पुनःस्थापनाका लागि योगदान गरेको सुनगाभा फिडले जनाएको छ। कम्पनीले प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सरकार, निजी क्षेत्र तथा विभिन्न संघ–संस्थाबाट निरन्तर सहयोग आवश्यक रहेको बताएको छ।

सुनगाभा फिडको उक्त सहयोगले बाढी प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका प्रयासमा योगदान पुग्ने विश्वास गरिएको छ। कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् प्रभावित नागरिकलाई सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएको छ।


प्रतिक्रिया