अन्नपूर्ण एग्रो इन्डष्ट्रिजद्वारा बाढीपीडितका लागि ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग

poultrymanchnepal.com

काठमाडौं । रसुवामा हालै आएको बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले अन्नपूर्ण एग्रो इन्डष्ट्रिज प्रा. लि. ले रु. ११ लाख ११ हजार १११ आर्थिक सहयोग गरेको छ।

कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सहयोग प्रदान गरेको जनाएको छ।

विपत्तिको कठिन घडीमा पीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको कम्पनीले जनाएको छ। साथै, राष्ट्रिय विपत्तिको यस घडीमा अन्य व्यक्ति, व्यवसायी तथा संघ–संस्थालाई समेत निस्वार्थ रूपमा राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्न कम्पनीले अपिल गरेको छ।

सहयोगदाता: अन्नपूर्ण एग्रो इन्डष्ट्रिज प्रा. लि.
सहयोग रकम: रु. ११,११,१११
अक्षरेपी: एघार लाख एघार हजार एक सय एघार रुपैयाँ
ठेगाना: तिलोत्तमा–१६, मधवलिया, रुपन्देही

“विपत्तिमा साथ, समाजप्रति हाम्रो दायित्व।

”


प्रतिक्रिया