अण्डाको मूल्य बढ्यो, XL अण्डाको फार्म रेट ६०५ रुपैयाँ

poultrymanchnepal.com

नेपाल लेयर्स कुखुरापालक संघले तोक्यो अण्डाको नयाँ फार्म बिक्री मूल्य

काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले देशभरका अण्डा उत्पादक किसानको राय, परामर्श तथा सिफारिसका आधारमा अण्डाको नयाँ फार्म समर्थन बिक्री मूल्य निर्धारण गरेको छ।

संघको २०८३ भदौ १८ गते काठमाडौंमा सम्पन्न भौतिक तथा भर्चुअल बैठकले चितवनलाई आधार मानी २०८३ भदौ १९ गतेदेखि लागू हुने गरी अण्डाको फार्म समर्थन बिक्री मूल्य निर्धारण गरेको हो।

संघले जारी गरेको मूल्यसूचनाअनुसार XL अण्डा (१४.५–१४.८) को फार्म बिक्री मूल्य प्रतिकरेट रु. ६०५ कायम गरिएको छ। त्यस्तै ठूलो अण्डा (१३.५–१३.८) प्रतिकरेट रु. ५९० र मिडियम अण्डा (१२.५–१२.८) प्रतिकरेट रु. ५५० निर्धारण गरिएको छ।

त्यसैगरी सानो अण्डा (११+) को फार्म मूल्य रु. ३,२०० प्रति पेटी तोकिएको संघले जनाएको छ।

उपभोक्ताका लागि भने ठूलो अण्डा प्रतिगोटा रु. २५ तथा मिडियम अण्डा दुई गोटाको रु. ४५ कायम गरिएको छ।

देशभरका अण्डा उत्पादक किसानको राय, परामर्श तथा सिफारिसलाई आधार बनाएर मूल्य निर्धारण गरिएको उल्लेख गर्दै संघले तोकिएको फार्म समर्थन मूल्यअनुसार नै अण्डाको कारोबार गर्न सम्बन्धित सबै पक्षलाई अनुरोध गरेको छ।

नेपाल लेयर्स कुखुरापालक संघका सचिव मदन पोखरेलले जारी गरेको मूल्यसूचनामार्फत उक्त मूल्यअनुसार कारोबार गर्न आग्रह गरिएको हो।


प्रतिक्रिया